चीनबाट जनै आयात भएको तथ्याङ्क छैन
rajdhanidaily.com · Tue Aug 25 14:11:09 GMT 2026

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा चीनबाट जनै आयात भइरहेको समाचार सार्वजनिक भए पनि भन्सार विभागले भने जनै आयात नभएको स्पष्ट पारेको छ । विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो ।
आयात गरिने सामानको विश्वव्यापी रूपमा बुझिने ‘कोड’ नाम राखिएको हुन्छ । जनैको त्यस्तो छुट्टै कोड नाम नभएकाले धागोकै रूपमा आउन र त्यसलाई जनै नै आएको हो भनी भन्न नसकिने विभागका तथ्याङ्क निर्देशक रि ओम पोखरेलले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ ।
Read full story at source (rajdhanidaily.com)