असदकालीन पूर्वग्रान्ड मुफ्ती अब आजीवन जेलमा रहने, के थियो अपराध ?
barnanmedia.com · Tue Aug 25 14:11:49 GMT 2026

सिरियाको अदालतले पूर्वराष्ट्रपति बशर असदको शासनकालका पूर्वग्रान्ड मुफ्ती अहमद बद्रेद्दिन हसनलाई हिंसा भड्काएको र हत्यालाई उचित ठहर गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ । असद शासनका उच्च अधिकारीमाथि नयाँ सरकारको कानूनी कारबाहीअन्तर्गत यो पछिल्लो महत्त्वपूर्ण फैसला हो ।
दमास्कसको चौथो फौजदारी अदालतका प्रमुख न्यायाधीश फखरेद्दिन अल–आर्यनले हसन नेतृत्वको तत्कालीन धार्मिक प्रतिष्ठानले नागरिक क्षेत्रमा ब्यारेल बम प्रयोग र व्यापक विनाशलाई न्यायोचित ठहर गरेको बताए । अदालतले यस्तो कार्य अन्तर्राष्ट्रिय मानवीय कानूनविपरीत भएको ठहर गरेको छ ।
Read full story at source (barnanmedia.com)