पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु
baahrakhari.com · Sat Jul 11 09:30:00 GMT 2026

काठमाडौं । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरको पूजाआराधना एवं दर्शनका निम्ति आउने भक्तजनको सहजताका निम्ति पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।
साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका निम्ति आउने गर्छन् । भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले शनिबार (असार २७)देखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्यसचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले जानकारी दिइन् ।
Read full story at source (baahrakhari.com)