सांसदहरुले बालेनलाई यी प्रश्न सोध्दै नसोधुन्, प्रधानमन्त्रीले पनि यस्तो जवाफ दिँदै नदिऊन्
nepalviews.com · Tue Aug 25 14:20:42 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले ‘आफ्नो आँखाको समस्याका कारण कालो चस्मा लगाउनुपर्ने बाध्यतामा आफू रहेको’ पत्र संसद् सचिवालयलाई पठाएको विषय मंगलबार (९ भदौ) पछि एउटा आशंकाको अन्त्य भएको छ । त्यो हो - अब चाहिँ प्रधानमन्त्री शाह सांसदहरुका प्रश्नको जवाफ दिन बुधबार (१० साउन) प्रतिनिधिसभामा पक्कै उपस्थित हुनेछन् ।
सभामुख डीपी अर्यालले कार्यव्यवस्था समितिको ३१ साउनको बैठकमा आइन्दा सांसदहरुले संसद्मा कालो चस्मा लगाउन पाउँदैनन्’ भन्ने विषय आ–आफ्नो पार्टीका सांसदहरुलाई सुनाइदिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक–सचेतकहरुलाई सुनाएका थिए । त्यसको भोलिपल्ट (१ भदौ) मा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रतिनिधिसभा आएर दिन प्रधानमन्त्री शाहलाई ‘रुलिङ’ गरेका थिए ।
Read full story at source (nepalviews.com)