जेको जे५ प्रो अब ४७ लाख ९९ हजारमा,पहिलो १०० ग्राहकलाई विशेष योजना
ratopati.com · Tue Aug 25 14:35:04 GMT 2026

काठमाडौँ । नेपालमा ओमोडा र जेकोका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले जेको जे५ प्रोका लागि विशेष मूल्य योजना सार्वजनिक गरेको छ । कम्पनीले पहिलो १०० ग्राहकका लागि जे५ प्रोको मूल्य ४७ लाख ९९ हजार रुपैयाँ कायम गरेको हो ।
नाडा मोबिलिटी एक्स्पो २०२६ मा जेको जे५ प्रोप्रति देखिएको उच्च ग्राहक चासो र मागलाई ध्यानमा राख्दै कम्पनीले यो विशेष योजना ल्याएको जनाएको छ । अगस्ट ११ देखि १६ सम्म आयोजना भएको एक्स्पोका क्रममा जे५ प्रो बुकिङ गरेका ग्राहकले पनि यही विशेष मूल्यमा गाडी खरिद गर्न पाउनेछन् ।
Read full story at source (ratopati.com)