सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो
nepalnews.com · Tue Aug 25 14:43:23 GMT 2026

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ। नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सरकारले १० अर्ब ७० करोड २५ लाख रुपैंयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ ।
जबकि आव २०८१/८२ मा सरकारले १८ अर्ब १७ करोड रुपैंयाँ पुँजीगत लाभकर प्राप्त गरेको थियो। नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले सेयर बजारका लगानीकर्ताको मनोबल खस्किएकाले सेयर कारोबार घट्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा समेत प्रत्यक्ष प्रभाव परेको बताए।
Read full story at source (nepalnews.com)