सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
barnanmedia.com · Sat Jul 11 09:47:40 GMT 2026

नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेअनुरूप विसं २०८२ देखि विसं २१०२ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानअन्तर्गत पर्वतमा दुई हजार ५०० बिरुवा रोपिएको हो ।
गत वर्षदेखि सुरु भएको उक्त अभियानअन्तर्गत डिभिजन वन कार्यालय पर्वतको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा जीवनोपयोगी बिरुवा रोपिएको हो । कुश्मा नगरपालिका-७ मा रहेको भड्खोरे सामुदायिक वन, वडा नं २ मा रहेको कालीगण्डकी छमर्केपातल सामुदायिक वन, जलजला गाउँपालिकामा रहेको एकसल्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।
Read full story at source (barnanmedia.com)