सुनसान असन बजार (तस्वीरहरू)
nepalviews.com · Sat Jul 11 10:04:01 GMT 2026

काठमाडौं । कुनै समय बिहानैदेखि साँझसम्म किनमेल गर्ने मानिसको भिडले भरिने असन बजार पछिल्लो समय सुनसान देखिन थालेको छ। पर्यटकको आगमन र ग्राहकको चहलपहल घटेपछि ऐतिहासिक व्यापारिक केन्द्र असनको पुरानो रौनकमा कमी आएको छ ।
साँघुरा गल्ली, परम्परागत पसल र स्थानीय व्यापारका लागि परिचित असनमा पहिले दैनिक हजारौँ मानिसको आवतजावत हुने गर्थ्यो। तर पछिल्ला दिनहरूमा पर्यटकको संख्या घट्नु, अनलाइन किनमेलको बढ्दो प्रभाव, बदलिँदो उपभोक्ता बानी र सहरका अन्य व्यापारिक केन्द्रको विस्तारले असनको व्यापारमा असर गरेकाे छ। तस्वीरहरू : सक्षम घिमिरे/नेपाल न्यूज बैंक
Read full story at source (nepalviews.com)