मुख्यमन्त्री थापालाई विश्वासको मत
gorkhapatraonline.com · Tue Aug 25 14:51:58 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री थापाले प्रदेश सभाको मङ्गलबार बसेको बैठकबाट विश्वासको मत पाउनुभएको हो ।
१०४ प्रदेशसभा सदस्य कायम रहेको बागमती प्रदेश सभाको मङ्गलबारको बैठक मतदानमा उपस्थित ५८ जना प्रदेशसभा सदस्य रहेकोमा मुख्यमन्त्री थापाले विश्वासको मतका लागि राख्नुभएको प्रस्तावको पक्षमा ५७ मत प्राप्त गर्नुभयो । विपक्षमा शून्य मत परेको प्रदेश सभाको अध्यक्षता गर्नुभएका उपसभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)