गणेश नेपालीको परिवारलाई एक लाख सहयोग गर्ने बस्नेतको घोषणा
baahrakhari.com · Sat Jul 11 10:07:58 GMT 2026

सुर्खेत । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेतले आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शनिबार (असार २७) सुर्खेतमा नेपाल लेजेन्ड्स र कर्णाली लेजेन्ड्सबीच आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन समारोहका क्रममा उनले व्यक्तिगत तर्फबाट परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
बस्नेतले गणेशकी छोरीको स्नातक तहसम्मको अध्ययन निःशुल्क गराउन पहल समेत गर्ने प्रतिबद्धता जनाए । आर्थिक अभावका कारण बालिकाको शिक्षा प्रभावित नहोस् भनेर आवश्यक समन्वय र सहयोगका निम्ति आफू अग्रसर रहने उनले बताए ।
Read full story at source (baahrakhari.com)