त्रिचन्द्र क्याम्पसले १०९ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने
hamrakura.com · Tue Aug 25 00:00:00 GMT 2026

काठमाडौँ । त्रिचन्द्र बहुमुखी क्याम्पसले १०९ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ मनाउने भएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाको प्रमुख आतिथ्यमा यही भदौ १२ गते क्याम्पसले वार्षिकोत्सव मनाउने भएको हो ।
सो अवसरमा भदौ १० र ११ गते क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइको संयोजनमा शैक्षिक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनीमा क्याम्पसमा अध्ययनरत विद्यार्थीबाट विभिन्न विषयसँग सम्बन्धित सिर्जनात्मक, नवप्रवर्धनात्मक, अनुसन्धानात्मक तथा अन्तर्विषयात्मक कार्यक्रमहरू प्रस्तुत गरिने क्याम्पस प्रमुख प्राडा निलम श्रेष्ठ प्रधानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Read full story at source (hamrakura.com)