सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
barnanmedia.com · Tue Aug 25 15:03:20 GMT 2026

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल सरकारको ‘स्प्रिट’ अनुसार काम कारबाही गर्न र सीमा सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशका प्रदेश कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी, नौवटै जिल्लाका सशस्त्र प्रहरी कार्यालय प्रमुख, कैलाली र कञ्चनपुरका सीमा सुरक्षा गुल्म, बिओपी र बेसका प्रमुखलगायतलाई सरकारको नीति तथा निर्देशनअनुसार काम गर्न निर्देशन दिनुभएको हो ।
Read full story at source (barnanmedia.com)