एमाले प्रतिवेदनको निष्कर्ष : चुनाव हार्नुको मुख्य कारण सत्ता स्वार्थ र गुटबन्दी
annapurnapost.com · Tue Aug 25 15:05:13 GMT 2026

काठमाडौं : नेकपा एमालेले फागुन २१ को निर्वाचन हार्नुको मुख्य कारण सत्ता स्वार्थ र गुटबन्दी रहेको निष्कर्ष निकालेको छ। रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनले सत्ताप्रतिको आशक्ति, आन्तरिक गुटबन्दी र जनअविश्वासलाई प्रमुख कारण मानेको हो।
पार्टीलाई पुरानै लयमा फर्काउन जनतासमक्ष सार्वजनिक क्षमायाचना गर्दै छ महिनासम्म घरदैलो अभियान चलाउन नेतृत्वलाई सुझाव दिइएको छ। आमनिर्वाचनको निराशाजनक परिणामपछि उत्पन्न परिस्थितिको अध्ययन गर्न गठित उक्त कार्यदलले पार्टीको सांगठानिक अवस्था र असन्तोषको गहिरो विश्लेषण गरेको छ। सत्ता प्राप्तिका लागि निरन्तर समीकरण फेरबदल गर्नु, सरकारमा रहँदा सुशासन कायम गर्न नसक्नु र भ्रष्टाचारका आरोपहरूलाई समयमै खण्डन गर्न नसक्नुले जनतामा व्यापक निराशा पैदा गरेको प्रतिवेदनमा उल्लेख छ।
Read full story at source (annapurnapost.com)