सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता
barnanmedia.com · Tue Aug 25 15:06:05 GMT 2026

काठमाडौँ, ९ भदौः सुर्तीजन्य पदार्थको लत छुटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालनमा ल्याएको हेल्पलाइन सेवा प्रभावकारी बन्दै गएको छ ।
हेल्पलाइनमार्फत परामर्श लिएका केही सेवनकर्ता सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका उदाहरण छन् । मन्त्रालयले २०८२ जेठ १८ गते सुर्तीजन्य पदार्थको सेवन त्याग्न चाहनेका लागि ११३२ हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको थियो । हालसम्म करिब ५०० जनाले उक्त सेवामार्फत निःशुल्क परामर्श लिएका छन् भने १३ जना सुर्तीजन्य पदार्थको लत त्याग्न सफल भएका छन् ।
Read full story at source (barnanmedia.com)