शिविरको दयनीय अवस्थाविरुद्ध रोहिङ्ग्या शरणार्थीको प्रदर्शन
lokaantar.com

म्यानमारमा सैन्य दमनका कारण विस्थापित भएको नौ वर्ष पूरा भएको अवसरमा बङ्गलादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा रहेका हजारौँ रोहिङ्ग्या शरणार्थीले शिविरको दयनीय अवस्थाको विरोधमा प्रदर्शन गरेका छन्।
सन् २०१७ मा म्यानमारबाट विस्थापित भएका १२ लाखभन्दा बढी रोहिङ्ग्या कक्स बजारका करिब ३० वटा शिविरमा बस्दै आएका छन्। ‘युनाइटेड काउन्सिल अफ रोहिङ्ग्या’ले जारी मानवीय सङ्कट र शरणार्थीले भोग्दै आएको समस्याप्रति ध्यानाकर्षण गराउन र्याली आयोजना गरेको जनाएको छ।
Read full story at source (lokaantar.com)