सीमा सुरक्षामा कुनै कमी कमजोरी हुनु हुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
nepalnews.com · Tue Aug 25 15:27:55 GMT 2026

सुदूरपश्चिम । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले नेपाल सरकारको ‘स्प्रिट’ अनुसार काम कारबाही गर्न र सीमा सुरक्षामा कुनै कमी कमजोरी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी बल, नेपाल नं ३४ गण धनगढीमा आज आयोजित कार्यक्रममा उनले प्रदेशका प्रदेश कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदी, नौवटै जिल्लाका सशस्त्र प्रहरी कार्यालय प्रमुख, कैलाली र कञ्चनपुरका सीमा सुरक्षा गुल्म, बिओपी र बेसका प्रमुखलगायतलाई सरकारको नीति तथा निर्देशनअनुसार काम गर्न निर्देशन दिएका हुन्।
Read full story at source (nepalnews.com)