सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित
ratopati.com · Tue Aug 25 15:44:20 GMT 2026
काठमाडौँ । सगरमाथा आरोही सङ्घको अध्यक्षमा दिवस पोखरेल निर्वाचित भएका छन्।
सङ्घको केन्द्रीय कार्यालय तिलगङ्गामा मंगलबार सम्पन्न निर्वाचनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। पोखरेल सङ्घको विधान २०५७ (संशोधन सहित २०५९) अनुसार अध्यक्ष निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत भूपेन्द्रप्रसाद पोखरेलले जानकारी दिए।
Read full story at source (ratopati.com)