धितोपत्र दलाल व्यवसायीलाई सेबोनको चारबुँदे निर्देशन, के–के गर्नुपर्छ?
arthasansar.com · Tue Aug 25 16:13:05 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई चारबुँदे निर्देशन जारी गरेको छ। बोर्डले धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउने उद्देश्यले बैंक खाता व्यवस्थापन, वित्तीय साक्षरता, लगानीकर्ता गुनासो व्यवस्थापन र T+2 भुक्तानी अवधिसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
सेबोनको नियमन विभागले २०८३/०५/०९ गते जारी गरेको पत्रमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन दिइएको उल्लेख छ। कार्यकारी निर्देशक विनयदेव आचार्यले हस्ताक्षर गरेको पत्र सम्पूर्ण धितोपत्र दलाल व्यवसायीलाई पठाइएको छ।
Read full story at source (arthasansar.com)