माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन
kendrabindu.com · Sat Jul 11 11:34:53 GMT 2026

फिक्कल (इलाम) । इलाम सदमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ । इलाम गरपालिका-११ को सोयाक र माइ नगरपालिका-९ को चिसापानी जोड्ने माइखोला बेलासेमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको रु एक करोड ११ लाख २८ हजार ९२३ को लागतमा बेलीब्रिज जडान सम्पन्न भएको हो ।
सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार माइखोला बेलासेको बेलीब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । १८० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलिब्रिज निर्माणको जिम्मा बिबी-मेरिस्का-मल्लिका-साइना जेभीले पाएको थियो । भारत सरकारबाट अनुदानस्वरुप प्राप्त भएको बेलिब्रिज निर्माणका सामग्री भारतीय प्राविधिक आएर जडा गरेकाले काम सम्पन्न भएको उहाँले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)