आईपीओ आवेदनमा वित्तीय विवरण र कम्प्लायन्स रिपोर्ट अनिवार्य गर्न सेबोनको निर्देशन
arthasansar.com · Tue Aug 25 16:24:55 GMT 2026

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई तीनबुँदे निर्देशन जारी गरेको छ। धितोपत्र निष्काशनका लागि आवेदन पेश गर्दा कम्पनीको वित्तीय तथा व्यवस्थापकीय अवस्था अध्ययन गर्नेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि वित्तीय मापदण्ड पूरा भएको प्रमाणित गर्न र नियमित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न बोर्डले निर्देशन दिएको हो।
सेबोनको नियमन विभागले २०८३/०५/०९ गते जारी गरेको पत्रमार्फत धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै उक्त निर्देशन दिएको हो। कार्यकारी निर्देशक विनयदेव आचार्यले हस्ताक्षर गरेको पत्र सम्पूर्ण मर्चेन्ट बैंकरहरूलाई पठाइएको छ।
Read full story at source (arthasansar.com)