सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय एसएसबीका उच्च अधिकृतहरू बिच भेटघाट
ratopati.com · Tue Aug 25 17:33:06 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का उच्च अधिकृतहरू बिच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा मंगलबार गते शिष्टाचार भेटघाट भएको छ ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षा तथा व्यवस्थापन गर्ने कार्यमा नेपाल–भारत दुवै सुरक्षा निकाय बिचको समन्वय, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ गर्दै लैजानु पर्ने बताउँदै यस किसिमको समकक्षी सुरक्षा निकायहरू बिच हुने व्यावसायिक भ्रमणले समेत आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरे ।
Read full story at source (ratopati.com)