मेयर कप भलिबल: एलिगर्स एकेडेमी फर्स्ट रनर अप
kendrabindu.com · Sat Jul 11 13:31:23 GMT 2026
काठमाडौं । ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा सञ्चालित ‘बागमती प्रदेश स्तरीय मेयर कप–२०८३ भलिबल प्रतियोगिता’ अन्तर्गत छात्रातर्फको उपाधि काभ्रेपलाञ्चोकको बेथान गाउँपालिकाले जितेको छ।
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आज भएको निकै रोमाञ्चक फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी एलिगर्स एकेडेमीलाई पराजित गर्दै बेथान पहिलो हुन सफल भएको हो। उपाधि नजिक पुगेर चुकेको एलिगर्स एकेडेमी भने उपविजेता (दोस्रो) स्थानमा चित्त बुझाउन बाध्य भएको छ।
Read full story at source (kendrabindu.com)