बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ गम्भीर घाइते
newsofnepal.com · Sat Jul 11 13:39:54 GMT 2026

बझाङ ।
बझाङको केदारस्युँ र दुर्गाथली गाउँपालिकाको सिमानामा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित १२ जना गम्भीर घाइते भएका छन् । केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–६ चुवापनतर्फ गइरहेको सेच००१२६४४ नम्बरको जिप दुर्गाथली गाउँपालिका–६ र केदारस्युँ गाउँपालिका–७ को सिमानामा पर्ने सुँगरे भन्ने स्थानमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको स्थानियले बताए ।
Read full story at source (newsofnepal.com)