भोटेकोशी बाढी : नवलपुरमा ६२ शव भेटिए
annapurnapost.com · Thu Aug 27 06:44:36 GMT 2026

नवलपुर : भोटेकोसीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएका ६२ वटा शव तथा मानव अंगहरू नवलपुरका विभिन्न तटिय क्षेत्रमा भेटिएका छन् । बाढीले बगाएर ल्याएका शवहरू क्षतविक्षत अवस्थामा फेला परेकाले हालसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको तथ्याङ्क अनुसार नवलपुर क्षेत्रमा ५३ वटा शव र ९ वटा मानव अंग गरी कुल ६२ वटा शव तथा अंग फेला परेका छन्। जसमा २७ पुरुष, १६ महिला, ७ बालिका र ३ बालकका शव रहेका छन् भने अन्य ९ वटा केही अंगहरू मात्रै फेला परेका हुन्।
Read full story at source (annapurnapost.com)