बाढी प्रभावितको उद्धार तथा राहतका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने
clickmandu.com · Thu Aug 27 06:47:48 GMT 2026

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गर्ने भएको छ ।
गोल्छा ग्रुपले रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको जनाएको छ । बाढी तथा विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो ।
Read full story at source (clickmandu.com)