दमकमा हिलाम्मे बाटोमा धान रोपेर स्थानीयको अनौठो विरोध
kalakarmi.com · Wed Jun 10 08:52:44 GMT 2026

काठमाडौं– वर्षायाम प्रारम्भ भएसँगै झापाको दमक–९ तथा १० को सीमावर्ती सडक फेरि हिलाम्मे बनेको छ । सडकभरि पानी जमेको छ, खाल्डाखुल्डीले भरिएको बाटोमा हिँड्नै सकस छ । यही पीडालाई आवाज दिन स्थानीयले यसपटक फरक शैली अपनाए । उनीहरू सडकमै धानको बेर्ना बोकेर पुगे र सडकलाई नै खेत बनाउँदै धान रोपे ।
प्रधानमन्त्रीको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपासको यो सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ । पटक–पटक आग्रह, निवेदन र दवाव दिए पनि कुनै निकायले चासो नदिएपछि सांकेतिक रूपमा सडकमै धान रोपेर विरोध गर्नु परेको स्थानियको भनाइ छ ।
Read full story at source (kalakarmi.com)