पोल्याण्डले ‘युक्रेनी नरसंहार’मा मारिएकाको सम्मानमा स्मारक बनाउने
barnanmedia.com · Sat Jul 11 14:58:01 GMT 2026

दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा शाहदत भएका पोल्याण्डका नागरिकको सम्झनामा नयाँ स्मारक निर्माण गर्ने घोषणा गरेको छ । दोस्रो विश्वयुद्धमा ‘युक्रेनी राष्ट्रवादी’ समूहद्वारा गरिएको ‘नरसंहार’ मा ज्यान गुमाउने नागरिक लागि नयाँ स्मारक निर्माण गर्ने घोषणा पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले शनिबार गर्नुभएको हो ।
“वार्सामा सम्झनाको पर्खाल खडा गरिने छ, जसमा सधैं बलिरहने ज्वाला र फेला परेका तथा पहिचान गरिएका हरेक पीडितको नाम लेखिने छ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ । वार्सा र किएभ दोस्रो विश्वयुद्धका क्रममा दुवै पक्षका नागरिक हत्याकाण्डबारे दशकौँदेखि विवादमा छन्, जसले उनीहरूको सम्बन्धमा तगारो देखिँदै आएको छ ।
Read full story at source (barnanmedia.com)