पाकिस्तानी राष्ट्रपतिद्वारा बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त
news24nepal.tv · Thu Aug 27 06:46:15 GMT 2026

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले तिब्बत सीमा नजिकै नेपालको उत्तरी क्षेत्रमा आएको आकस्मिक बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपतिले पीडित परिवारहरूप्रति पाकिस्तानको समवेदना तथा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता भएकाहरूको सकुशल फिर्तीका लागि कामना गरेका छन् ।
Read full story at source (news24nepal.tv)