बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
ratopati.com · Sat Jul 11 18:17:14 GMT 2026

कञ्चनपुर । बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिमा आएको कमीका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । नगरपालिकाले हालै सञ्चालन गरेको स्वास्थ्य परीक्षण शिविरमा सहभागी प्रत्येक तीन जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको नसर्ने रोग देखिएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले १० वटै वडामा सञ्चालन गरेको नसर्ने रोग (एनसिडी) स्क्रिनिङ शिविरमा तीन हजार ३१६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये एक हजार १२ जनामा उच्च रक्तचाप, मोटोपना, मधुमेह वा मिर्गौलासम्बन्धी समस्या पुष्टि भएको जनस्वास्थ्य अधिकृत मानबहादुर चन्दले जानकारी दिए ।
Read full story at source (ratopati.com)