जोखिममुक्त भएन पोल्ट्री
gorkhapatraonline.com · Tue Aug 25 23:59:38 GMT 2026

नेपालका गाउँघरमा बिहानको सुरुवात प्रायः कुखुराको भाले बासेको आवाजसँगै हुन्छ । कुखुरापालन हजारौँ परिवारको आयआर्जनको मुख्य आधार बनेको छ । घरखर्च धान्नेदेखि छोराछोरीको शिक्षा, रोजगारी सिर्जना र वैदेशिक रोजगारीबाट फर्किएका युवाको उद्यमशीलताको माध्यमसमेत यही व्यवसाय बनेको छ तर पछिल्ला वर्षमा कुखुरापालन अर्थात् पोल्ट्री क्षेत्र अनेक चुनौतीले घेरिँदा किसानहरू सडकमा उत्रिन बाध्य भएका छन् ।
पोल्ट्रीविज्ञ डा. सुदीप हुमागाईंका अनुसार पोल्ट्री क्षेत्र करिब दुई खर्ब रुपियाँ बराबरको उद्योग हो । कुल गार्हस्थ उत्पादनमा यसको योगदान २.९ प्रतिशत रहेको छ । यस क्षेत्रमा ५६ हजारभन्दा बढी परिवार आबद्ध छन् भने करिब तीन लाख २६ हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । यति ठुलो आर्थिक महìव बोकेको क्षेत्र अहिले लागत वृद्धि, बजार अस्थिरता, रोगको जोखिम र अवैध तस्करीको दबाबबाट गुज्रिरहेको छ ।
Read full story at source (gorkhapatraonline.com)