निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग
barnanmedia.com · Wed Aug 26 00:03:34 GMT 2026

कोशी प्रदेशमा उत्पादन हुने कृषि तथा अन्य स्थानीय वस्तुको निर्यात प्रवद्र्धनका लागि प्रदेश योजना आयोगले छलफल तथा सुझाव सङ्कलन थालेको छ । आयोगले भोजपुरमा कृषि उपजको उत्पादन, बजार विस्तार, गुणस्तर सुधार, बजारीकरण तथा व्यापार सहजीकरणका विषयमा सरोकारवालासँग समूहगत छलफल गरेको हो ।
जिल्लाको कृषि क्षेत्रको सम्भावना पहिचान गरी आगामी योजना तथा कार्यक्रम निर्माणका लागि आवश्यक सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, वन, कृषि, घरेलु तथा साना उद्योगका प्रतिनिधि, उद्योगी, व्यापारी तथा किसानको सहभागिता थियो ।
Read full story at source (barnanmedia.com)