स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औँ जन्मजयन्तीका अवसरमा स्याङ्जाका चारवटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्।
जिल्लाका ११ वटा स्थानीय तहमध्ये वालिङ, पुतलीबजार, गल्याङ र भीरकोट नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन्। ‘मोहम्मद डे’ का रूपमा समेत चिनिने यस दिनमा मुस्लिम समुदायले विशेष र्याली निकाल्ने, मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेशहरूको स्मरण गर्ने तथा सामूहिक रूपमा भेला भई भोज खाने र शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको छ।
Read full story at source (hamrakura.com)