क्लाइमेट जार्गन्स, अत्यासलाग्दा जलवायुका शब्दजाल
annapurnapost.com · Wed Aug 26 00:41:54 GMT 2026

काठमाडौं : जलवायु परिवर्तनको क्षेत्रमा जटिल शब्दावली प्रयोग हुँदै आएको गुनासो आममानिसका साथै विज्ञहरूको पनि छ । जसले गर्दा जलवायु परिवर्तनका विषयका सूचना र सन्देशहरू लक्षित वर्गमा नपुगेको हो कि भन्ने गुनासो बढ्दै गएको छ । जलवायुविज्ञ विमल रेग्मी भन्छन्, ‘शब्दावलीहरूलाई स्थानीयकरण गरेर चलनचल्तीका भाषामा बदल्नुपर्छ । अप्ठ्यारा शब्दावलीले सूचना सम्प्रेषणमा एक खालको खाडल बनाएको छ । बेलाबेलामा यस विषयमा छलफल पनि भएकै हो, तर समाधान भएको छैन ।’
रेग्मीका अनुसार ‘एड्याप्टेसन’ लाई नेपालीमा अनुकूलन भनिन्छ। ‘अनुकूलन’ भन्ने शब्द पनि बुझ्न गाह्रो भएको छ। त्यस्तै ‘क्लाइमेट रेजिलेन्ट’ अर्थात् जलवायु उत्थानशीलता वा उत्थानशील, ‘भल्नराबिलिटी’ अर्थात् संकटासन्न या संकटापन्न जस्ता शब्दले भार बोकाएको जस्तो हुन्छ। त्यसैले पनि यस्ता शब्दहरूलाई चलनचल्तीका भाषामा बुझ्ने बनाउनुपर्छ। रेग्मीका अनुसार सरकार र विभिन्न संघसंस्था मिलेर जलवायुका शब्दावलीहरू पनि ल्याएका थिए। तर, कतिपय अवस्थामा विपद्का क्षेत्रमा काम गर्नेले एउटा र जलवायुका क्षेत्रमा काम गर्नेले अर्को शब्दावली बोल्ने गरेको पनि उनले जनाए।
Read full story at source (annapurnapost.com)