ओएन्डएम सर्वेक्षणबाट संघीय मन्त्रालयका साढे २७ सय दरबन्दी कटौती
kendrabindu.com · Wed Aug 26 00:45:20 GMT 2026

काठमाडौं । नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणबाट संघ सरकार मातहतका विभिन्न तह र दर्जाका २ हजार ७ सय ५४ दरबन्दी कटौतीमा परेका छन् भने २ सय २९ दरबन्दी थप भएका छन् । प्रधानमन्त्री कार्यालयसहित १७ वटा मन्त्रालयमा कर्मचारीको नयाँ दरबन्दी संरचना स्वीकृत भएको हो ।
गत असारसम्मको तथ्यांकअनुसार संघ सरकार मातहतको मन्त्रालय, विभाग, कार्यालयसहित १ हजार ८ सय ८५ निकायमा ५२ हजार दरबन्दी कायम थियो । नयाँ ओएन्डएमबाट ५ प्रतिशत हाराहारी दरबन्दी कटौती भएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव अधिकारीले परराष्ट्र मन्त्रालयबाहेक सबै मन्त्रालयको ओएन्डएम पूरा भएको बताए । परराष्ट्र मन्त्रालयको दरबन्दी संरचनाको विषय अझै छलफलकै क्रममा रहेको उनले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)