डिजिटल स्वास्थ्यमा बागमतीको फड्को
gorkhapatraonline.com · Wed Aug 26 00:54:04 GMT 2026

डिजिटल स्वास्थ्यमा बागमती प्रदेशले फड्को मारेको छ । बागमती प्रदेशका सरकारी अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सङ्ख्या, कुन सेवामा कति बिरामी आए, आकस्मिक सेवाको अवस्था, अस्पतालमा भर्ना भएका बिरामी, प्रयोगशाला परीक्षण तथा स्वास्थ्य बिमा र नगदबाट सेवा लिनेको विवरण, कति बिरामीले कुन अस्पतालबाट निःशुल्क सेवा लिए भन्ने विवरण अब डिजिटल प्रणालीबाटै हेर्न सकिन्छ ।
प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले सञ्चालनमा ल्याएको ‘बागमती डिजिटल हेल्थ’ प्रणालीले प्रदेशका स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको दैनिक विवरणलाई डिजिटल अभिलेखमा ल्याउँदै स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने प्रयास गरेको छ ।
Read full story at source (gorkhapatraonline.com)