आज प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाह
kendrabindu.com · Wed Aug 26 00:57:35 GMT 2026

काठमाडौ सभामुख डिपी अर्यालले संसदमा उपस्थित भएर सांसदले राखेका प्रश्नक जवाफ दिन रुलिङ गरेपछि आज प्रधानमन्त्री वालेन्द्र शाहले सांसदका प्रश्नको जवाफ दिने भएका छन् । उनले पहिलो पटक प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार सांसदका प्रश्नको उत्तर दिन लागेका हुन् ।
यही १ भदौको बैठकमा सभामुख डीपी अर्यालले प्रधानमन्त्री शाहलाई संसद्मा आएर सांसदको प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए । ‘प्रतिनिधिसभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्छु,’ उनले निर्देशन दिँदै भनेका थिए, ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम १० भदौको बैठकमा हुने गरी निर्धारण गरेको व्यहोरा जानकारी गराउँछु ।’
Read full story at source (kendrabindu.com)