माओवादीले उठाएको त्यो झण्डा र आजको विचलन
ratopati.com · Wed Aug 26 02:08:50 GMT 2026

कुनै समय थियो– हामीले बन्दुक उठायौँ तर हातमा भएको बन्दुकभन्दा ठूलो मनभरी क्रान्तिको विश्वास थियो, आँखामा व्यक्तिगत भविष्यभन्दा ठूलो सामूहिक सपना थियो र मुटुमा आफ्नो जीवनभन्दा ठूलो जनताको मुक्ति थियो। त्यही विश्वास, त्यही सपना र त्यही प्रतिबद्धताले हजारौँ युवालाई जनयुद्धको बाटोमा हिँडायो।
कति सुन्दर मान्छेहरू शहीद भए। कति प्रतिभाशाली युवाहरूले आफ्नो जीवनको उर्वर समय आन्दोलनलाई समर्पित गरे। कति योद्धाहरूले शरीरका अङ्ग गुमाए, अपाङ्ग बने, जीवनभर पीडा बोकेर बाँचिरहेका छन्। उनीहरूले पद, प्रतिष्ठा, सुविधा वा सम्पत्तिका लागि जीवन दिएका थिएनन्। उनीहरूको हातमा एउटा झण्डा थियो– अन्याय, असमानता, शोषण र उत्पीडनको अन्त्य गर्ने झण्डा।
Read full story at source (ratopati.com)