गण्डकी प्रदेश सभाको बैठक आज बस्दै
ratopati.com · Wed Aug 26 02:14:45 GMT 2026

पोखरा । गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रदेश सभा सचिवालयको सभाहलमा बैठक बस्न लागेको हो । जेनजी आन्दोलनका क्रममा नदीपुरको सभाहल जलाइएपछि १ वर्षसम्म कृषि मन्त्रालयको सभाहलबाट बैठक बसेको थियो ।
अहिले अस्थायी रूपमा आफ्नै सभाहल बनाएर संसद् डाकिएको प्रदेशका सभामुख कृष्णप्रसाद धितालले बताए । करिब ५७ लाख खर्च गरेर नयाँ सभाहल चिरिच्याट्ट पारिएको छ । आज बस्ने बैठकमा शून्य र विशेष समयमा सांसदहरूले धारणा राख्नेछन् ।
Read full story at source (ratopati.com)