चर्को गर्मीमा छाता ओढेर भूमिहीनको हुँकार- सुकुम्बासी हुनु रहर होइन बाध्यता
lokaantar.com

देशभरका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी आइतबार बुटवलमा प्रदर्शनमा उत्रिए । विशेषगरी सुकुम्बासी समस्या बढी रहेको तराईका २२ जिल्लाका भूमिहीन प्रदर्शनमा सहभागी थिए । 'पहिले व्यवस्थापन गरी त्यसपछि हटाउने कुरा गर' भन्ने उनीहरूको आवाज छ ।
राष्ट्रिय भेलामा सहभागी हुन बुटवल आएका सुकुम्बासीले उचित व्यवस्थापनविना राज्यले भूमिहीन नहटाउन माग गर्दै प्रदर्शन गरेका छन् । सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वर्षौंदेखि बसेको बस्ती खाली गर्न नहुने उनीहरूको भनाइ छ । चर्को गर्मीको परबाह नगरी हजारौंको सङ्ख्यामा उनीहरू छाता ओढेर प्रदर्शनमा सहभागी भएका थिए ।
Read full story at source (lokaantar.com)