अमेरिकी संगीतकी धरोहर डली पार्टनको ८० वर्षको उमेरमा निधन
barnanmedia.com · Wed Aug 26 02:15:40 GMT 2026

अमेरिकी गीतसंगीतकी विश्वप्रसिद्ध गायिका, गीतकार, अभिनेत्री, व्यवसायी तथा मानवतावादी डली पार्टनको ८० वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनको मंगलबार न्यासभिलमा शान्तिपूर्ण रूपमा निधन भएको हो । परिवारका सदस्य र नजिकका आफन्त मात्र सहभागी हुने गरी निजी अन्त्येष्टि समारोह आयोजना गरिने जनाइएको छ । पार्टनका प्रचार प्रतिनिधि मार्सेल पेरिसोका अनुसार उनी केहि समयदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् ।
पार्टनको निधनसँगै अमेरिकी कन्ट्री संगीतले आफ्नो इतिहासकै सबैभन्दा प्रभावशाली र लोकप्रिय कलाकारमध्ये एकलाई गुमाएको छ । आधा शताब्दीभन्दा लामो सांगीतिक यात्रामा उनले अमेरिकी संगीतलाई अमेरिकी सीमाभन्दा बाहिर विश्वव्यापी लोकप्रियतासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।
Read full story at source (barnanmedia.com)