एनआरएनए र आईएलओले आप्रवासी श्रमिकका विषयमा सहकार्य गर्ने
bishowkhabar.com · Wed Aug 26 02:34:11 GMT 2026

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय श्रम संगठनबीच नेपाली आप्रवासी श्रमिकको सुरक्षा, मानसिक स्वास्थ्य, आपत्कालीन सहयोग, पुन:स्थापना र सीप उपयोगका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
एनआरएनए अध्यक्ष हेमराज शर्माको नेतृत्वको टोली र आईएलओका नेपाल प्रमुख नुमान ओज्कानबीच भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकार, गैरसरकारी संस्था तथा प्रवासी नेपाली समुदायबीच समन्वय थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
Read full story at source (bishowkhabar.com)