हर्मुज जलमार्गको सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी
kendrabindu.com · Wed Aug 26 02:41:50 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा राखिएका सबै बारुदी सुरुङ हटाइएको दाबी गरेका छन्। ट्रम्पले मंगलबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘मलाई भर्खरै अमेरिकी नौसेनाले जानकारी गराएको छ कि हर्मुज स्ट्रेटको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट सबै बारुदी सुरुङ हटाइएको छ वा नष्ट गरिएको छ।’
साथै इरानलाई नयाँ बारुदी सुरुङ बिछ्याउने कुनै पनि जहाज वा डुंगालाई तुरुन्तै नष्ट गरिने जानकारी पनि गराइएको ट्रम्पले लेखेका छन्। ट्रम्पले दाबी गरेका छन्, ‘अन्तरिक्ष बलमार्फत हामी हर्मुज स्ट्रेटका हरेक भागको निगरानी गरिरहेका छौँ। हामी पिक्याक्स माउन्टेन र पहिले नै नष्ट भइसकेका तीन अन्य आणविक स्थलको पनि निगरानी गरिरहेका छौँ।’
Read full story at source (kendrabindu.com)