बरुण नदीमा हाइड्रोपावर निर्माणको अनुमति नदिन जिसस संखुवासभाको प्रधानमन्त्री कार्यालयलाई पत्र
corporatenepal.com · Wed Aug 26 02:43:51 GMT 2026

सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलामा पर्ने बरुण नदीमा जलविद्युत् आयोजना निर्माण नगर्न जिल्ला समन्वय समिति सङ्खुवासभाले नै सरकारको ध्यानाकर्षण गराएको छ। मकालु–बरुण राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रभित्र पर्ने बरुण नदीमा प्रस्तावित १३२ मेगावाट क्षमताको तल्लो बरुण खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति नदिन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले बरुण नदी धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार नदीसँग स्थानीय समुदायको धार्मिक आस्था र सांस्कृतिक परम्परा जोडिएकाले विकासका नाममा यसको मौलिक स्वरूपमा असर पार्ने गतिविधि गर्न नहुने समितिको धारणा छ ।
Read full story at source (corporatenepal.com)