नवलपुरमा सर्पदंशको जोखिम, एक महिनामै १७३ प्रभावित
gorkhapatraonline.com · Wed Aug 26 02:48:09 GMT 2026

चालु आर्थिक वर्षको एक महिनामा नवलपुरमा १७३ जनालाई सर्पले डसेको छ। जिल्लामा एक महिनामा सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ८३ जना र कावासोती नगरपालिकामा ८१ जनालाई सर्पले डसेको प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो।
त्यस्तै, देवचुलीमा सात तथा बौदीकाली र बुलिङटारमा एक–एक जनालाई सर्पले डसेको छ। तीमध्ये नौ जनालाई विषालु सर्पले डसेको र अहिलेसम्म कसैको पनि मृत्यु नभएको चापागाईंले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)