सेयर कारोबार सुस्ताउँदा घट्यो पुँजीगत लाभकर
arthadabali.com · Wed Aug 26 02:57:53 GMT 2026

काठमाडौँ / अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सरकारले रु १० अर्ब ७० करोड २५ लाख पुँजीगत लाभकर प्राप्त गरेको छ । जबकि आव २०८१/८२ मा सरकारले रु १८ अर्ब १७ करोड पुँजीगत लाभकर प्राप्त गरेको थियो ।
नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सेयर बजारका लगानीकर्ताको मनोबल खस्किएकाले सेयर कारोबार घट्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा समेत प्रत्यक्ष प्रभाव परेको बताए ।
Read full story at source (arthadabali.com)