दिल्लीमा स्वाइन फ्लूको संक्रमण बढ्दो, अस्पताललाई अलर्ट
nepallive.com · Wed Aug 26 03:32:05 GMT 2026

काठमाडौं– दिल्लीमा स्वाइन फ्लूका संक्रमितको संख्या लगातार बढिरहेको छ। दिल्लीमा एच१एन१ अर्थात् स्वाइन फ्लूका बिरामीको संख्या बढेर २ हजार ३०८ पुगेको छ भने इन्फ्लुएन्जा ‘ए’ र ‘बी’का करिब ३ हजार केस पुष्टि भएका छन्।
यता, गौतमबुद्ध नगर जिल्लामा मंगलबार मात्रै स्वाइन फ्लूका १०५ नयाँ संक्रमित भेटिएपछि स्वास्थ्य क्षेत्रमा चिन्ता बढेको छ। जिल्लामा २४ घण्टामै संक्रमितको संख्या आठ गुणाले बढेको हो। सोमबारसम्म जिल्लामा १५ जना संक्रमित रहेकामा मंगलबार संख्या बढेर १२० पुगेको छ।
Read full story at source (nepallive.com)