टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने
barnanmedia.com · Wed Aug 26 03:25:53 GMT 2026
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’ टोलीले अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजे डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।
आज आफ्नो चौथो खेल खेल्दै गर्दा नेपाली टोली दोस्रो जितको खोजीमा रहने छ । पहिलो र दोस्रो खेलमा हार बेहोरेको नेपालले तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । यता, एसीटी भने पहिलो जितको खोजीमा छ । एसीटीले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ ।
Read full story at source (barnanmedia.com)