अब देशभरका सबै जिल्ला अदालतका आदेश पनि सोही दिन वेबसाइटमै हेर्न सकिने
techpana.com · Wed Aug 26 03:35:56 GMT 2026

काठमाडौं । देशभरका जिल्ला अदालतबाट भएका आदेशहरू वेबसाइटमै हेर्न सकिने भएकाे छ । जिल्ला अदालतबाट भएका फैसला वा अन्तिम आदेशबाहेकका अन्य आदेश अब आदेश भएकै दिन अदालतको मुद्दा व्यवस्थापन प्रणाली (सीएमएस) मा प्रविष्ट हुने सर्वोच्च अदालतले जनाएको छ ।
गत सोमबार (८ भदौ) देखि देशभरका सबै जिल्ला अदालतबाट भएका आदेशहरू सोही दिन सीएमएस प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था औपचारिक रूपमा सुरु भएको हाे । न्यायपालिकालाई सूचना प्रविधिमा आधारित ‘ई-जुडिसियरी’ तथा ‘ई-कोर्ट’का रूपमा विकास गर्ने अभियानअन्तर्गत यो व्यवस्था लागु गरिएको हो ।
Read full story at source (techpana.com)