चार तारे होटल मिस्टिक माउन्टेनले गर्यो पौने ३३ करोडको कारोबार, कोठाको क्षमता वृद्धि
clickmandu.com · Wed Aug 26 03:57:17 GMT 2026

काठमाडौं । काभ्रेपलाञ्चोकको मन्दन देउपुरमा रहेको चार तारे होटल मिस्टिक माउन्टेनले सन् २०२५ मा पौने ३३ करोड रुपैयाँको कारोबार गरेको छ । होटलले सन् २०२५ मा ३२ करोड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।
होटलले सन् २०२४ मा ३३ करोड रुपैयाँ, सन् २०२३ मा २५ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१३ मा दर्ता भएको कम्पलीले ७२ वटा कोठाको सुविधासहित चार तारे होटल सञ्चालन गर्दै आएको छ । सन् २०१७ देखि ३३ वटा कोठाको सुविधासहित होटल सञ्चालनमा ल्याएको थियो । त्यसपछि विस्तारै कोठा थप गरी क्रमशः सञ्चालनमा ल्याएको थियो ।
Read full story at source (clickmandu.com)