ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
nepalnews.com · Wed Aug 26 04:04:33 GMT 2026

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मङ्गलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरी राखेको लु१ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई अचानक ठक्कर दिएको थियो।
Read full story at source (nepalnews.com)